Saturday, April 25, 2026
Homeसमाचारआगामी साता देशभर वर्षा हुने सम्भावना, साताको पूर्वार्द्धमा पश्चिमी क्षेत्रमा तातो लहर...

आगामी साता देशभर वर्षा हुने सम्भावना, साताको पूर्वार्द्धमा पश्चिमी क्षेत्रमा तातो लहर चल्ने, सतर्क रहन मौसम विज्ञान विभागको अनुरोध

विराटचोकः जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । यसका कारण मध्यम स्तरको तातो लहरको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले प्रकाशन गरेको बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेत जिल्लालाई ‘सतर्क रहनुपर्ने’ श्रेणीमा राखिएको छ ।

डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासी जिल्लालाई अध्यावधिक रहनु्पर्ने श्रेणीमा समावेश गरिएको छ ।

अधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै विभागले दिउँसो अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन र संवेदनशील समूह (बालबालिका, वृद्ध तथा बिरामी) लाई विशेष ध्यान दिन आग्रह गरेको छ । मौसम प्रतिकूल हुने क्षेत्रका स्थानीय तह र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन समेत सुझाव दिइएको छ ।

आइतबारदेखि मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुने र तुवाँलो तथा वायु प्रदूषणमा केही सुधार हुने अपेक्षा विभागले गरेको छ ।

आज शनिबारसम्म कोशी प्रदेशको थोरै ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आइतबारदेखि मंगलबारभित्र कोशी, मधेस, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक÷दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

बुधबार र बिहीबार कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुने विभागको अनुमान छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments