Friday, April 24, 2026
Homeसमाचारकालिका कन्स्ट्रक्सनका सञ्चालक पूर्व मन्त्री राप्रपा नेता विक्रम पाण्डे पक्राउ

कालिका कन्स्ट्रक्सनका सञ्चालक पूर्व मन्त्री राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौंः कालिका कन्स्ट्रक्सनका सञ्चालक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डेलाई पक्राउ गरेको हो । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको कसुरमा पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

पाण्डे २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाको तर्फबाट उम्मेद्वार भएर विजयी भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments