उर्लाबारीः उत्तरी र पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लबको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित भएका छन् ।
शनिबार भएको संस्थाको २२ औं चुनावी साधारण सभाबाट अध्यक्षमा भण्डारी र कोषाध्यक्षमा संगीता राई निर्वाचित भएका छन् । अन्य पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा घनश्याम भण्डारीले ३२ मत प्राप्त गर्दा अर्का उम्मेद्वार विजय धिमालले १७ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा संगीता राईले ३३ मत प्राप्त गर्दा अर्की उम्मेद्वार सम्झना राईले १६ मत पाएकी थिइन् । क्लबमा ५९ जना साधारण सदस्य रहे पनि ५० मत मात्रै खसेको थियो । खसेको मध्ये १ मत बदर भएको थियो ।
संस्थाको उपाध्यक्षमा सुमन घिमिरे, महासचिवमा पुजन दास, सचिवमा दीपेन्द्र बराईली, सदस्यहरुमा खड्ग वेदना र छविलाल श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।



