इटहरीः होटल गरिमा लिमिटेडले सर्वसाधाणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले यही बैशाख २९ गते कम्पनीको इटहरीस्थित कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको शेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले धितोपत्र बोर्डमा आवेदन दिई आवश्कय कानुनी प्रक्रिया पूरा गरी आईपीओ निष्कासन गर्ने भन्ने निर्णय सर्वसम्मतले पारित गर्ने भएको छ ।
यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिने भएको छ ।



