Thursday, April 9, 2026
Homeसमाचारकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक

विराटचोकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीकी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा हिजो साँझ ७ बजे झापाको गौरदहस्थित निवासमै निधन भएको हो ।

मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘आमा, तपाईँको उपचारमा हाम्रो पयास काम लागेन है । क्षमा चाहन्छौँ ।’

स्वर्गीय कार्कीका दुई छोरा छन् । मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुन् । स्वर्गीय कार्कीका ५ जना छोरी छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments