Sunday, March 22, 2026
Homeअर्थशेयरसातामा २ प्रतिशत बढ्यो नेप्से

सातामा २ प्रतिशत बढ्यो नेप्से

विराटचोकः गत साता नेप्से परिसूचक २ प्रतिशत बढेको छ । अघिल्लो साता २८२०.४४ विन्दुमा बन्द भएको नेप्से गत साता २.०१ प्रतिशत अर्थात ५६.५९ अंक बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ ।

४ दिन बजार बढ्दा ३ दिन बढेको थियो भने १ दिन घटेको थियो । अघिल्लो साता दैनिक औसतमा १२ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा १४ अर्ब ८९ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

नेप्सेको कुल बजार पूँजीकरण करिब ३ प्रतिशत बढेको गत साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढे पनि सामुहकि लगानी कोष उपसमूहको परिसूचक ०.२७ प्रतिशत घटेको थियो । सामुहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको परिसूचक बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments