Wednesday, February 25, 2026
Homeअर्थशेयरलगातार तेस्रो दिन बढ्यो शेयर बजार

लगातार तेस्रो दिन बढ्यो शेयर बजार

विराटचोकः आज पनि शेयर बजार बढेको छ । योसँगै लगातार आज तेस्रो दिन शेयर बजार बढेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.३० अङ्कले बढेर २ हजार ६४८.९० बिन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँको शेयर किनबेच भएको छ ।

जीवन बीमा समूह आज सर्वाधिक अर्थात १.७९ प्रतिशतले बढेको छ । बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, विकास बैंक ०.२१, होटल ०.४७, हाईड्रो ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१९ र अन्य ०.३५ प्रतिशतले बढे पनि फाइनान्स, म्युचुअल फण्ड र व्यापार समूह क्रमशः ०.२८, ०.०२ र ०.८९ प्रतिशतले घटेका छन् ।

बढेको बजारमा आज आँखुखोला जलविद्युतको सर्वाधिक २८ करोड ६९ लाख १९ हजार २७५ रुपैयाँको शेयर किनबेच भएको छ । ङादी ग्रुप पावर, एसवाई प्यानल नेपाल, रिडी पावर र बन्दीपुर केवलकार उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको ९ दशमलव ६६, सुपरमाई हाइड्रोपावरको ९ दशमलव १८ र अपर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव १५ प्रतिशतले बढेको छ ।

बढेको बजारमा हिमालयन पावर पाटर्नरको शेयरमूल्य सर्वाधिक आर्थत् ५.९८ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ५५ अर्ब ९१ करोड ५० लाख ८३ हजार १४४ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments