Sunday, October 18, 2026
Homeसमाचारपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

वीरगञ्जः आइतबार साँझ युवा समूह बीच झडप भएपछि सुरक्षा स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ ।

आज बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सो क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुश, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरु सञ्चालन गर्ने दिइने जनाइएको छ ।

हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने प्रशासनले जनाएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments