Friday, February 13, 2026
Homeअर्थशेयरझण्डै ९ अङ्क बढेको माघ महिनाको अन्तिम दिनको शेयर बजारमा कारोबार रकम...

झण्डै ९ अङ्क बढेको माघ महिनाको अन्तिम दिनको शेयर बजारमा कारोबार रकम पनि वृद्धि

विराटचोकः माघ महिनाको अन्तिम दिन हिजो शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३३ प्रतिशत अर्थात ८.९७ अङ्कले बढेर २ हजार ६७१.०७ बिन्दुमा रोकिएको छ ।

नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर १ लाख ६ हजार १८ पटक किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छाउँदा विकास बैंक समूह सर्वाधिक अर्थात १.१८ प्रतिशतले बढेको थियो । होटल समूह सर्वाधिक अर्थात १.६५ प्रतिशतले घटेको थियो ।

बढेको बजारमा ङादी ग्रुप पावरको सर्वाधिक ७० करोड ५३ लाख २९ हजार ८६ रुपैयाँको शेयर किनबेच हुँदा एसवाई प्यानल नेपालको ४३ करोड ४२ लाख, रिडी पावरको ४१ करोड ९७ लाख र आँखुखोला जलविद्युतको ३९ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मध्य भोटेकोशी जलविद्युतको १० प्रतिशत मूल्य बढेको बजारमा कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक अर्थात ७.५९ प्रतिशतले घटेको थियो ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड १६ लाख ७७ हजार ९०८ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments