सुन्दरहरैंचाः विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित हात पार्न शेयर खरीद गरेर शेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोलि पुस १२ गते बुक क्लोज गर्ने भएका छन् ।
फर्स्ट माइक्रोफाइनान्सले पुस २८ गते, शनिबार गर्ने चौधौँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोही दरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
हाथवेले हाल कामय चुक्ता पूँजीको १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते साधारण सभा गर्ने भएको छ ।
तारागाउँ रिजेन्सीले पुस २४ गते गर्ने २७ औँ साधारण सभामा हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर गरी १५ प्रतिशत लाभांश पारित गर्नेछ ।